बौद्ध र थली एरियामा गुण्डागर्दी गर्ने ५ जना पक्राउ

२०८० श्रावण १७, बुधबार

काठमाडौँ : काठमाडौँको बौद्ध र थली एरियामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर भएका  बिक्की लामा उर्फ बाफ्ले छन् ।

समूहमा हिँड्ने र धाकधम्की दिएर उनीहरुले थली र बौद्ध क्षेत्रमा गैरकानुनी रुपमा रकम माग्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले बताए । गुण्डागर्दीमा संलग्नहरुले सर्वसाधारणसँग विवाद गरेर डरत्रास र भय सिर्जना गर्ने गरेका थिए ।

समूहमा गएर उनीहरुले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा मंगलबार अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीतहरुलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको एसएसपी केसीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार