२४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा, को–कहाँ ?

२०८० श्रावण १९, शुक्रबार

काठमाडौं : सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले २४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा गरेका छन् । सिंहदरबारमा लामो समयदेखि जरा गाडेकार बसेकासहितका कर्मचारीलाई मधेस प्रदेशका विभिन्न स्थानीय तहमा सरुवा गरेका हुन् । 

यससँगै मधेस प्रदेशका स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुन्यमा झरेका छन् । पदभार ग्रहण गरेदेखि नै निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानमा लागेका मन्त्री मोदीले मधेश प्रदेशका सबै स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमुक्त बनाएका हुन् । 

मधेश प्रदेशका विभिन्न स्थानीय तहमा अलग सेवा समुह, कृषि, वन, स्वास्थ्य, शिक्षा, प्राविधिक लगायतका क्षेत्रका कर्मचारीले प्रशासकीय अधिकृतको रुपमा कामकारबाही गर्दै आएका थिए । त्यस्तै नगरपालिकामा शाखा अधिकृत वा नायब सुब्बास्तरका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए भने गाउँपालिकामा नायब सुब्बा, खरिदार तहका कर्मचारी प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार