काठमाडौं : पछिल्लो समयमा नेपालमा कुरिलो खेति फष्टाउन थालेको छ। आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरु आकर्षण त्यसतर्फ बढेको हो ।यसको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा नेपालमा किसानहरुले कुरिलो खेती शुरु गर्न थालेका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि नेपालमा पाल्पाको हावापानी राम्रो भएका कारण पनि पनि किसानहरुमा कुरिलो खेतीको आकर्षण बढ्न थालेको प्राविधिकहरु बताउछन् ।
कृषि ज्ञान केन्द्रले पाल्पाका कृषकहरु कुरिलो खेती बाट मनग्य आम्दानी गर्न सफल भएपछि कुरिलो खेतीको बिस्तार हुन थालेको जनाएको छ । परम्परागत खेती भन्दा बढी उत्पादन गर्न सकिने र बजारमा पनि माग बढ्दै गएका कारण कृषकहरुको कुरीलो खेती तर्फ आकर्षण बढेको कृषकहरुले जानकारी दिनुभयो ।
कम लगानीमा बढी फाइदा लिन सकिने कुरीलो एक के.जी को ५ देखि ७ सय रुपैया सम्ममा विक्री हुने कृषकहरु बताउछन् । कुरिलो खेतीबाट बर्षको ५ लाख सम्म आम्दानी हुने गरेको कृषक बताउनुभयो ।कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा यसको माग बढ्दै गएको किसानको अनुभव छ ।
विरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषकको भनाइ छ । किसानहरु एक सिजनमा कुरिलोबाट ५० हजार देखि १ लाख सम्म आम्दानी गर्न सकिने बताउछन् । कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठो भएका कारण पनि एकपटक प्रयोग गर्नेले खोजी खोजी किन्ने गर्छन् ।





