एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

२०८० श्रावण १९, शुक्रबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक शुक्रबार बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। बैठकमा पार्टीको महाधिवेशन लगायत विषयमा छलफल हुने बताइएको छ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार