आँखा पाक्ने रोग देखा परेपछि बन्द गरियो जनकपुरधामका विद्यालय

२०८० श्रावण १९, शुक्रबार

जनकपुर : आँखा पाक्ने रोग देखा परेपछि धनुषाको जनकपुरधामका विद्यालयहरू बन्द गरिएको छ। विद्यालयहरू एक साताका लागि बन्द गरिएको हो। आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गइरहेको छ। 

सम्भावित जोखिम न्यूनिकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मिहिलाल यादवले जानकारी दिए।

उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरू बन्द गरिएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार