थाइल्यान्डमा रेल दुर्घटना, ८ जनाको मृत्यु

२०८० श्रावण २०, शनिबार

बैंकक : थाइल्यान्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो । 

यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् ।

थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ। दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार