‘जोगिन्दर’को गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

२०८० श्रावण २०, शनिबार

काठमाडौं : हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आउँदो जाईजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी कोसेली ‘लुछाचुँडी’ ल्याएका छन् । दर्शक तथा स्रोेतालाई हास्यव्यंग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उनले ‘लुछाचुँडी’ सार्वजनिक गरेका हुन् । 

‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भष्टाचार मुख्य मुद्दाको रूपमा चिरफार गरिएको छ । अखण्ड भारतभित्र नेपालको भू–भाग राखिएको विषय पनि उनको यो पटकको गाइजात्रामा परेको अर्को विषय हो । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत उनले व्यंग्यमा समेटेका छन् । दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘लुछाचुँडी’ २१ औं कोसेली हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार