आउने निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्छ : महर

२०८० श्रावण २०, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ५ वर्षसम्म गठबन्धन सरकारको विकल्प नखोजिने स्पष्ट पार्दै आउने निर्वाचनमा भने कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताएका छन् ।

वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको महरको आरोप छ । कांग्रेसले चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन् ।

जनकपुरधाममा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए । उनले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाई छ ।

उनले भने, ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार