समाजवादीसँगै माओवादीलाई पनि कोल्याप्स बनाइदिने हो : गोकुल बास्कोटा

२०८० श्रावण २०, शनिबार

सिन्धुपाल्चोक : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एकीकृत समाजवादीको अस्तित्व अब सकिँदै गएको बताएका छन् । समाजवादीको पसल धेरै दिन नचल्ने भन्दै बास्कोटाले समाजवादीलाई देशबाटै कोल्याप्स बनाइदिने बताए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य सहितका नेता कार्यकर्ताहरूलाई एमालेमा भित्र्याउँदै उनले जुका जस्तै अरू पार्टीसँग टाँसिएर बस्ने पार्टीहरूको औचित्य सकिएको बताए । उनले समाजवादी मात्रै नभएर माओवादी पनि क्रमशः कोल्याप्स हुँदै जाने बताए ।

सिन्धुपाल्चोकमा समाजवादीको मुख्य पिलर ढलिसकेको उल्लेख गर्दै बास्कोटाले अब त्यो धरमा बसिरहेका समाजवादीका अन्य नेता कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार