पश्चिमी मङ्गोलियामा चट्याङ लागेर २ जनाको मृत्यु

२०८० श्रावण २१, आईतवार

काठमाडौँ : पश्चिमी मङ्गोलियामा चट्याङ लागेर ११ र १२ वर्षका दुई बालिकाको मृत्यु भएको छ भने १४ वर्षका युवक गम्भीर घाइते भएको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले आइतबार जनाएको छ । घटना शनिबार साँझ युभिएस प्रान्तको तारियालन सोम (प्रशासकीय उपविभाग) मा भएको आपतकालीन एजेन्सीले जनाएको छ ।

घाइतेको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मङ्गोलियाका विभिन्न भागहरू, विशेष गरी मध्य र पूर्वी प्रान्तहरूमा, चट्याङ र मेघगर्जनसँगै भारी वर्षा हुने प्रक्षेपण गरिएको पनि एजेन्सीले जनाएको छ । साथै जनतालाई सावधानी अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार