आज नागढुंगास्थित रेस्क्यु टनेलको ‘ब्रेक थ्रू’ हुँदै

२०८० श्रावण २२, सोमबार

काठमाडौँ : आज नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको ‘ब्रेक थ्रू’ गरिने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिन लागिएको हो ।

अब ‘ब्रेक थु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकी रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रू’ गरिने छ । 

सो ‘ब्रेक थु’ हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन् । उनको उपस्थितिमा साे ‘ब्रेक थ्रू’ गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार