रुपन्देहीमा ६ सय ३३ वटा बलात्कार र यौन हिंसाविरुद्धका मुद्दा

२०८० श्रावण २३, मंगलवार

बुटवल : रुपन्देहीमा ८ वर्षयता बलात्कार तथा यौन हिंसाविरुद्ध ६ सय ३३ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८ वर्षमा ६ सय ३३ वटा बलात्कार तथा यौन हिंसाविरुद्धका उजुरी दर्ता भएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सविता जीसीले जानकारी दिइन् ।

तीमध्ये ४ सय ५३ वटा जबरजस्ती करणी र १ सय ८० वटा जबरजस्ती करणी गर्ने आशयले यौन दुर्व्यवहार भएका उजुरी दर्ता भएको उनले बताइन् ।

बलात्कार तथा यौन हिंसामा पर्ने धेरै नाबालिग छन् । उनीहरूमध्ये अधिकांशलाई आफन्त, घरपरिवार र छिमेकीबाट बलात्कार तथा यौन हिंसा भएको पाइएको छ । पछिल्लो समय नाबालिगमाथि जबरजस्ती करणी भएका उजुरीसमेत बढिरहेको जीसीले बताइन् ।

बालिकालाई फकाउन वा धम्क्याउन सजिलो हुने भएकाले उनीहरूमाथि धेरै यौन हिंसा र बलात्कारका घटना हुने प्रहरीको भनाइ छ । सबैभन्दा धेरै ८० वटा बलात्कारका मुद्दा आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका थिए । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार