कञ्चनपुरमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

२०८० श्रावण २५, बिहीबार

काठमाडौं : कञ्चनपुरको शान्तिपुर, बेलौरी आसपासको क्षेत्रमा अति भारी वर्षा भएको छ ।

उक्त क्षेत्र भएर बहने सुहेली, चौधर खोलालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने सम्भावना रहेको छ । 

तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा बिहानसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार