काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ११ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।





