राष्ट्रपति पौडेलसँग सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाको भेटवार्ता, संसद् अवरोध खुलाउनेबारे छलफल

२०८० श्रावण २६, शुक्रबार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन्। शुक्रबार बिहान भेटवार्ता भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसद्‌को जारी अवरोधबारे छलफल भएको बताइएको छ।

भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले छलफल प्रयासबारे समेत जानकारी लिएका थिए। भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिज्यूबाट समेत सहयोगको अपेक्षा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार