शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते: आँखाको शल्यक्रिया

२०८० श्रावण २६, शुक्रबार

काठमाडौं : एक धार्मिक कक्षाका शिक्षकले आफ्नो विद्यार्थीलाई थप्पड हान्दा विद्यार्थीको आँखाको शल्यक्रिया गर्नु परेको छ। हङकङ मुस्लिम काउन्सिलको एक कक्षामा १३ वर्षीय बालकमाथि दुर्व्यवहार भएको हो। घाइते बालकको ६ घण्टा लामो आँखाको शल्यक्रिया गर्नुपरेको थियो।

सिकाइ केन्द्रमा कुरान पाठ नगरेको आरोपमा शिक्षकले उनीमाथि कुटपिट गरेका हुन्। यो घटनापछि काउन्सिलले कक्षाकोठामा सीसी क्यामेरा जडान गर्ने बताएको छ।

पीडित बालक अस्पतालबाट घर फर्किएपछि उसको परिवारसँग कुरा गर्ने काउन्सिलको तयारी छ। काउन्सिलका संस्थापक तथा अध्यक्ष अदिल मलिकले बालकले न्याय पाउन मात्र नभई अब त्यस्ता घटना नदोहोरिउन् भनी काउन्सिल लागिपर्ने बताए। साथै उनले कसैले शारीरिक सजायको सामना गर्नुपरेमा काउन्सिलमा खबर गर्न अनुरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार