तीन बुँदे सहमतिपछि कपनमा चल्यो डोजर

२०८० श्रावण २६, शुक्रबार

काठमाडौँ : कपनमा डोजर चलाउने विषयमा सरोकारवाला निकायबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँग काठमाडौँ महानगरपालिकाले कपनमा डोजर चलाएको हो । 

नापी कार्यालय चाबहिलमा शुक्रबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौँ महानगरपालिका वडा  नम्बर ६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्ने सम्बन्धमा छलफल भएको थियो । सो क्रममा वडा ६ र ७ का वडा अध्यक्ष र बूढानीलकण्ड नगरपालिका १० र १२ का वडा अध्यक्षबीच  धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ । 

यस्तै धोबिखोला करिडोर, पाथीभरा बस्ती,  समता टोल जाने बाटो र साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरपालिकाले पुल निर्माण गर्ने सहमति भएको छ । 

यस्तै साततल्ले चोकदेखि माथि बूडानीलकण्ड नगरपालिका १० र १२ तथा काठमाडौँ महानगरपालिका  ६ मा नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी  रेखांकन छुट्याउने सहमति भएको छ । सोही सहमतिपछि महानगरपालिकाले कपनमा डोजर चलाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार