काठमाडौं : माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरि मोबाइल बैंकिङ्ग एप्लिकेसनमा ‘कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एण्ड पे’ सेवा सुरु गरेको छ।
बैंकका अनुसार ‘टोकनाइजेसन’ लाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ। जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ।
माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पीओएस मार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।
हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन। बैंकले साझेदारी र सहकार्य लाई आत्मासात गर्दै एफ१ सफ्ट इन्टरनेसनल प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसएचएल) र सिटिटेक प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो।
बैंकले टोकनाइजेसनलाई बिस्तारै अन्य प्रोडक्ट तथा र्सभिस हरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ।





