सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख बक्यौता

२०८० श्रावण २७, शनिबार

काठमाडौं : सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । प्राधिकरणका अनुसार सिम्रिकले शुक्रबार बक्यौता रकम बुझाएको हो । 

प्राधिकरणले बिहीबारमात्र बक्यौता नतिरेको भन्दै सिम्रिकका सबै उडान ग्राउन्डेड गरिदिएको थियो । सिम्रिकले प्राधिकरणलाई शुक्रबार ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ ।

उडान खुलाउने विषयमा भने निर्णय नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणलाइ तिर्न बाँकी रहेको बक्यौता रकम चुक्ता गरे उडान फुकुवा हुने प्राधिकरणले जनाएको थियो । तर, सिम्रिकले पूरै बक्यौता भने चुक्ता गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार