पुराना दलले ‘बोल्नेले काम गर्दैन’ भन्ने कुप्रचार गरे : रवि लामिछाने

२०८० श्रावण २७, शनिबार

परासी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलले अहिलेबाटै ‘बोल्नेले काम गर्दैन’ भन्ने कु प्रचार गर्दै हिँडेको आरोप लगाएका छन् । 

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा बोल्दै लामिछानेले पुराना दलका नेता, कार्यकर्ताले जनता भड्काउन खोजेको बताएका हुन् । ‘तपाईंहरुलाई पुराना दलका नेता, कार्यकर्ताले भड्काउन खोज्छन्, अनेक बहाना बनाउँछन् । तर, तपाईंहरु आत्तिनु हुँदैन ।’

२०७९ को निर्वाचनमा जनताले गरेको विश्वासको कारण केही काम र असल सुरुआत गरेको दाबी गर्दै लामिछानेले कामलाई पूर्णता दिन नसकिएकाले आगामी चुनावमा बहुमत दिएर पठाउन आग्रहसमेत गरे । एक पटक बहुमत दिएपछि भष्टाचार र बेथितिको अन्त्य गरेर सुशासन कायम गर्ने उनको दाबी थियो । उनले भने,‘आगामी चुनाव पछिको सरकार हामीलाई बनाउने जिम्मा दिनुस्, भष्टाचारीको भागाभाग हुनेछ ।’

‘ब्लु बस’को विषयमा भ्रम फैलाउनेहरु दिदीबहिनीको विराधी भएको भन्दै आवश्यक बरेमा देशैभर ब्लु बस संचालन गरेर महिलाहरुको सम्मान गर्ने लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार