काठमाडौं : नेपाली ठूलो गोलभेंडाको भाउ आज घटेको छ।
कालीमाटी बजार विकास समितिले शनिबारका लागि तय गरेको कृषि उपजको भाउमा गोलभेंडाको औसत मूल्य १० रुपैयाँले घटेको हो।आज नेपाली ठूलो गोलभेंडाको थोक औसत मूल्य प्रतिकिलो १४० रुपैयाँ कायम भएको छ। शुक्रबार गोलभेंडाको औसत मूल्य १५० रुपैयाँ थियो।
यस्तै, आज भारतीय सुकेको प्याजको औसत मूल्य प्रतिकिलो ५७ रुपैयाँ र स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ। कालीमाटीमा आज मालदह आँपको औसत मूल्य प्रतिकिलो २३५ रुपैयाँ र चोसा आँपको मूल्य १७० रुपैयाँ छ।
त्यस्तै, आज रहु ताजा माछाको थोक ओसत मूल्य प्रतिकिलो ३१० रुपैयाँ र बचुवा ताजा माछाको थोक ओसत मूल्य प्रतिकिलो २३६.६७ रुपैयाँ कायम छ





