ललिता निवास प्रकरण : माधव नेपाल युरोप भ्रमण छोट्टाएर सोमबार स्वदेश फर्कने

२०८० श्रावण २८, आईतवार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर भोलि (सोमबार) बिहान नेपाल फर्कने भएका छन् ।

मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल साउन २९ गते सोमबार नेपाल फर्कन लागेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्वीजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल साउन १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो । तर, ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले अध्यक्ष नेपाललाई पार्टी नेताहरूले नै भ्रमण छोट्टाएर फर्कन सुझाव दिएका थिए ।

अध्यक्ष नेपाल युरोप भ्रमणमा निस्कने अघिल्लो दिन मात्रै ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो ।

‘अनेक टिका टिप्पणीहरू समेत हुन थाले । त्यसैले मैले नै अध्यक्षलाई भ्रमण छोट्याएर फर्कन सुझाव दिएँ,’, उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘रास्वपाका सभापति रवि लामिछानेले समेत ‘माधव नेपाल भाग्यो’, भन्ने ढंगले अभिव्यक्ति दिन भ्याइसके ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार