हेटौंडा : घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका-५ श्रीपुरका ५२ वर्षीय वीरबहादुर परियार छन् । आफ्नै घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर परियार घाइते भएका थिए । हेटौंडा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।





