काठमाडौँका टिकट बुकिङ काउन्टर भदौदेखि बन्द हुँदैछन् ?

२०८० श्रावण २८, आईतवार

काठमाडौं : हाल सञ्चालनमा रहेका बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो ।

काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराउन समेत महानगरले आग्रह गरेको छ । जथाभाबी काउन्टर राख्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र सञ्चालन गर्न सूचना जारी गरेको हो । सार्वजनिक सवारी साधनले तोकिएको मापदण्ड पुरा गर्नु पर्ने भन्दै महानगरले दर्ता प्रक्रियामा आउन जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

ताजा समाचार