प्रदेशसभा बैठक तत्काल बोलाउन माग

२०८० श्रावण २८, आईतवार

बागमती : बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको हो ।

“गत असार २१ गते अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेशसभाको बैठक झन्डै डेढ महिना हुँदा पनि बस्न सकेको छैन”, नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले भने , “नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेका छन् । बढीपहिराले जताततै क्षति पु¥याइरहेको छ, दैनिक उपभोग्य वस्तुहरुको महँगी बढेर नागरिकहरु तड्पिरहेका छन् ।”

उनिले अधिकांश मन्त्रीहरु राजधानी हेटौँडा नबस्ने तथा जनताका समस्यामा भाग्ने गरेको आरोप लगाए । “प्रदेशसभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेशसभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन । गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित छ, प्रदेशसभालाई विजनेस दिन सकिरहेको छैन”, उनिले भने ।

सो अवसरमा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले चामलको भाउ जनताले थेग्नै नसक्ने गरी बढ्दासमेत सरकारले ध्यान नदिएको बताए । प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनताका समस्या समाधानमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार