जनमतबाट अनिता साह सामान्य प्रशासन मन्त्री बन्दै, शपथ भोलि १० बजे

२०८० श्रावण २८, आईतवार

काठमाडौँ : जनमत पार्टीकी सांसद अनिता कुमारी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् ।

जनमतबाट मन्त्री बन्न लागेकी साहको सोमबार शपथ ग्रहण हुने भएको हो ।

साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ ।

जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।

आइतबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहलाई सोही मन्त्रालयको जिम्मेवारी दिएर जनमतलाई सरकारमा ल्याउने तयारी गरेका हुन् ।

यसअघि गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा जनमतबाट खानेपानी मन्त्री भएका अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार