चाँदीको मूल्य बढ्यो सुन भने स्थिर

२०८० श्रावण ३०, मंगलवार

काठमाडौँ : मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढ्दा यता सुनको मूल्यमा स्थिरता कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छावापाला सुनको मूल्य अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार