गुल्मी : गुल्मीमा अरिंगालको चिलाइबाट एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ कालढुंगा निवासी शैलेशसिंह ठकुरीको अरिंगालको चिलाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ साथीहरूसँग मुसिकोट नगरपालिका–३, को देविस्थान सामुदायिक वनमा सल्लाको बोटमा रहेको अरिंगाल पोल्ने क्रममा २१ वर्षीय ठकुरीलाई अरिंगालले चिलेको थियो ।
उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मंगलबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।





