चार जिल्लाका सीडीओ फेरिए, नुवाकोटमा पौड्याल

२०८० श्रावण ३०, मंगलवार

काठमाडाैं  : गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ ।  मन्त्रालयले मंगलवार गरेको निर्णयानुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ फेरिएका हुन् ।

सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । 

नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएर पठाइएको छ । उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार