९३.३५ प्रतिशतले बढ्यो सानिमा जिआईसीको नाफा

२०८० श्रावण ३१, बुधबार

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नाफा र खुद बीमा शुल्क आर्जन दोब्बर वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले २८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ९३.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने १२६.४६ प्रतिशतले बढेर ६२ करोड ८८ लाख ११ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने पनि ९७.१० प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले १ लाख ४४ हजार ७५६ वटा बीमालेख जारी गरेको छ भने नविकरण गरिएको बीमालेखको संख्या २९ हजार ३९६ वटा छ ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ३२ करोड १७ लाख, लगानी, कर्जा तथा अन्यबाट ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि ३ करोड ४३ लाख र पुनर्बीमा कमिशनका लागि १ लाख र सेवा शुल्क वापत १ करोड रुपैयाँ खर्र्चिएको छ । कम्पनीले कर्मचारी बोनसका लागि भने ४ करोड रुपैयाँ व्यवस्था गरेको छ ।

गत वर्ष कम्पनीले कुल ९८ करोड ७६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७ हजार ३२४ वटा दावी भुक्तानी गरेको हो । तर, कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने २ अर्ब २७ करोड ७६ लाख रुपैयाँ देखिएको छ । सो अवधिमा कम्पनीले ५ हजार ३९८ वटा दावी भुक्तानी गरेको छैन ।

साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर गत वर्ष कात्तिक ७ गतेदेखि कम्पनीले सानिमा जिआईसीको नामबाट एकीकृत कारोबार थालेको हो ।

मर्जपछि नै कम्पनीको चुक्तापुँजी दोब्बर बढेर २ अर्ब पुगेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा तथा कोष पनि ११७.५८ प्रतिशतले बढेर ३२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोषमा भने ४२ करोड ६७ लाख रुपैयाँ छ । जुन अघिल्लो आवको तुलनामा १५९.५९ प्रतिशतले बढेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार