उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो : केपी ओली

२०८० श्रावण ३२, बिहीबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय आयोग नबनाएर एक क्विन्टल सुनलाई ६० किलोमा झारेको आरोप लगाएका छन्। बुधबार एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान विषयक’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको उनको आरोप थियो। उनले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताए।

उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको ओलीले बताए। सरकारले अरु अनेक आइटममासमेत चोरी पैठारी भइरहेको बताए। उनले सुन कुबाटोबाट भनै धेरै बगिरहेको उल्लेख गरे।

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानीकर्ताको खोजी हुन नसकेको बताए। उनले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको आरोपसमेत लगाए। आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ? भन्ने प्रश्न गरेको पनि बताए। प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको ओलीको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार