नेपालमा नै केही हुन्छ र गर्न सकिन्छ भन्ने भावना जगाउनु जरुरी छः वर्षमान पुन

२०८० श्रावण ३२, बिहीबार

काठमाडौं : नेकपा(माओवादी केन्द्र)का उपमहासचिव एवं अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुनले देशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताएका छन्। माओवादीले आयोजना गरेको ‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वदेशमै रोजगारी सिर्जना गरेर युवाहरुको विदेशिन क्रम रोक्नुपर्ने बताए।

“औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रममा जोड दिनुपर्छ” ,पूर्वअर्थमन्त्री समेत रहेका उनले भने, “श्रमशक्तिको निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाइ भइसकेको छ ।” औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनको भनाइ छ ।

नेता पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे। उनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए। आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको समेत उनले स्मरण गरे। त

कमजोर व्यवस्थापनमा चलेका सार्वजनिक संस्थानलाई बचाउन केही न केही नयाँ नीतिमा हामी जानैपर्ने उल्लेख गर्दै उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट पारे। मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको तीन खम्बे अर्थनीतिलाई आत्मसात गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने नेता पुनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार