बर्दिया : बर्दियामा आफ्नै बुहारी कुटपिट गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर बस्ने ५३ वर्षीय भरथरी चौधरी पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरेका उनले मोबाइल चलाएको विषयलाई लिएर बुहारी (छोराको श्रीमती) लाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
यसबारे उजुरी परेपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले चौधरीलाई नियन्त्रणमा लिई सार्वजनिक हित तथा नैतिकता विरुद्दको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट म्याद लिई थप अनुसन्धान कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।





