गरिमा विकास बैंकबाट अब ११.९९ प्रतिशतमै घर कर्जा पाईने

२०८० भाद्र १, शुक्रबार

काठमाडौं : गरिमा विकास बैंकले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । 

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ । 

११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने यशाखा कार्यालयमा सम्पर्क गर्न सक्नु सक्ने छन् । 

बैंकले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहकहरुलाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको विज्ञप्ति मार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार