कोशी प्रदेश सभाको बैठक बस्दै, ३ वटा सम्भावित कार्यसूची

२०८० भाद्र १, शुक्रबार

काठमाडौं : कोशी प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका सम्भावित ३ वटा कार्यसूची तय भएका छन्। शुक्रबारको बैठकमा प्रदेश सभाका निवर्तमान सभामुख बाबुराम गौतमले राजीनामा दिएको पत्रको बारेमा जानकारी गराइने पहिलो सम्भावित कार्यसूची छ। यस्तै, प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद्‌ गठनसम्बन्धी पत्र वाचन गर्ने अर्को कार्यसूची छ।

यस्तै, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गर्नर् सम्बन्धमा परेको सूचनामा भइ अध्यादेशका सम्बन्धीमा निर्णय हुने अर्को कार्यसूची रहेको छ। प्रदेश सभाको पछिल्लो बैठक असार १५ गते बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार