विमल मगरले गरे लिनासंग विवाह

२०८० भाद्र ३, आईतवार

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले विवाह गरेका छन् । उनले प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् ।

आइतबार विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफूले विवाह गरेको जानकारी दिएका हुन् । यसअघि मछिन्द्र क्लबका फरवार्ड विमलले गत साता एएफसी कपअन्तर्गत भुटानको पारो एफसीसँगको खेलपछि आफ्नो गोल प्रेमिका प्रधानलाई समर्पित गरेको बताएका थिए। सो खेलमा मछिन्द्र ३-२ गोलले विजयी भएको थियो। विमलले दुई वर्षअघि लिनासँगको सम्बन्ध सार्वजनिक गरेका थिए।

सो सिजन सिजनका लागि मछिन्द्र क्लबमा आवद्ध भएका विमलले सामाजिक सञ्जालमा एउटा फोटो राखेर विमलले लिनासँगको सम्बन्ध सार्वजनिक गरेका थिए। लिनाले आफ्नो फेसबुक खातामा ‘रिलेसनसिप विथ विमल घर्तिमगर’ राखेकी थिइन्।त्यतिबेला लिना माल्दिभ्समा बस्ने गर्थिन्। उनी माल्दिभ्सको सोनेभा जानी रिसोर्टको फन्ट अफिस टिम लिडरको रूपमा कार्यरत थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार