रसुवामा चेस्टगार्डभित्र राखेर युवकले ल्याए दुई किलो सुन

२०८० भाद्र ३, आईतवार

काठमाडौं : प्रहरीले अवैध रुपमा ल्याएको दुई किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले शनिबार साँझ ६ बजेतिर सुन बरामद गरेको हो।

प्रहरीले सुन ल्याउने र पठाउने दुई जनालाई पक्राउ पनि गरेको छ। सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका घर भएका सुदिप शेर्पा र फुर्साङ शेर्पालाई नियन्त्रणमा लिइएको डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।

सुदिपले सुन बोकेर आएका थिए। शरीर खानतलासी गर्दा चेस्टगार्डभित्र दुई किलो सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।

सुदिपको प्रारम्भिक बयानको आधारमा फूर्साङ शेर्पालाई नियन्त्रणमा लिइएको हो। सुन र दुई जना पुरुषलाई प्रहरीले राजस्व अनुसन्धान विभागलाई बुझाउन लागेको छ। अब थप अनुसन्धान विभागले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार