प्रदेशसभाको बैठक छाडेर काठमाडौं लागिन् कोशीकी उपसभामुख

२०८० भाद्र ४, सोमबार

काठमाडौँ : मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन आज (सोमबार) का लागि आह्वान गरिएको प्रदेशसभाको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छन्। 

त्यहाँका तत्कालीन सभामुख बाबुराम गाैतमले राजीनामा दिएका कारण उपसभामुख दनुवारले प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने थियो। तर आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाएर उपसभापति दनुवार काठमाडौं लागेकी हुन्।

उनी बिहान ७ बजे यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेकी हुन्। उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन्। योसँगै मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ। 

यस्तै मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने भएपछि विपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजै आफ्ना सांसदहरूलाई बिदामा राखिसकेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार