बैंकले लियो सन्नी देओलको बंगलाको लिलामीको सूचना फिर्ता

२०८० भाद्र ४, सोमबार

काठमाडौं : अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बंगलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक अखबारमा एक विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गरायो। यसअघि बैंकले ५६ करोड ऋण ई–अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने थियो ।

बैंकले पञ्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैंक अफ बडोदाबाट ५५.९९ करोड रुपैयाँको ऋण तिर्न नसकेकोले यो सम्पत्ति ई-लिलामी गरिने बताएको थियो। बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ ​​सन्नी देओल’को सम्पत्तिको इ–अक्सनको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ ।

कांग्रेस नेता जयराम रमेशले बैंकको यो बदलिएको निर्णयप्रति प्रतिक्रिया दिँदै भनेका छन्, ‘हिजो दिउँसो देशलाई थाहा भयो कि बैंक अफ बडोदाले भाजपा सांसद सन्नी देओलको जुहुस्थित घरको इ–अक्सनको सूचना दिएको छ, किनकि उनीसँग ५६ करोड रुपैयाँ तिर्नुपर्ने ऋण छ जसको भुक्तानी गरिएको छैन। आज बिहान, २४ घण्टा भित्र राष्ट्रले थाहा पाएको छ कि बैंक अफ बडोदाले ‘प्राविधिक’ कारणले गर्दा आफ्नो लिलामी सूचना फिर्ता लिएको छ। यो ‘प्राविधिक’ समस्या कसका कारण आएको हो, सोच्नुपर्ने कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार