विश्वासको मत विभाजन सुरु हुँदै

२०८० भाद्र ४, सोमबार

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिने भनेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको मत विभाजन सुरु हुन लागेको छ ।

गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका हुन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादीको १ सांसदको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार