काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । विश्वासका मत माग्दै उनले राखेको प्रस्तावको पक्षमा ४७ मत पाएका छन् ।
तत्काल कायम रहेको ९३ सदस्यीय कोशी प्रदेश सभामा आजको मत विभाजनमा ७७ सांसदले भाग लिएका थिए । थापाले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको विपक्षमा विपक्षमा ३० मत परेको छ ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका सांसदले भने ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभा बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि त्यसको विरोध गरेका थिए ।
प्रतिपक्षीको विरोधकै बीच सभाध्यक्ष मन्सुरीले मत विभाजनको नतिजा घोषणा गरेका थिए । योसँगै कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारले वैधानिकता पाएको छ ।





