कोशी प्रदेशकी उपसभामुख दनुवार गंगालाल अस्पतालमा भर्ना

२०८० भाद्र ४, सोमबार

काठमाडौँ : कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् । मुटुसम्बन्धी रोग लागेको आशंकामा उनलाई भर्ना गरी उपचार सुरु गरिएको हो । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीका अनुसार सृजना रेफरल केसका रुपमा आएपछि अस्पतालमा भर्ना गरिएको हो । उनलाई भर्ना गरी विभिन्न स्वास्थ्य परीक्षणको काम भइरहेको र शंका गरिएको रोग हो कि होइन यकिन गरी रोग देखिएमा उपचार गर्ने र रोग नदेखिएमा डिस्चार्ज गर्ने निर्देशक अधिकारीले बताए । 

उपसभामुख दनुवारलाई के रोग लागेको हो वा रोग लागेको शंका गरिएको हो भन्ने सम्बन्धमा भने डा.अधिकारीले बिरामीको गोपनियताका कारण त्यस्तो भन्न नमिल्ने बताए । यद्यपि शंका गरेको रोग लागेको हो कि होइन भन्ने सम्बन्धमा स्वास्थ्य परीक्षण भइरहेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार