सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव अख्तियारको नियन्त्रणमा

२०८० भाद्र ९, शनिबार

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई नियन्त्रणमा लिएको छ । अख्तियारको इटहरी कार्यालयले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । 

साउन ३१ गते घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अख्तियारले नियन्त्रणमा लिएर इटहरी लगेका अध्यक्ष यादव बिरामी भएपछि काठमाडौँ लगिएको छ ।

साउन ३१ गते गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादव राजविराजको त्रिभुवन चोकबाट २ लाख रुपैयाँ नगद र ३ लाखको चेकसहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।

उनीहरुले पालिका अध्यक्ष यादवको सल्लाहमै घुस लिएको बयान दिएको बताइएको छ । सोही बयानको आधारमा पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार