उपेन्द्र यादव भारत प्रस्थान, एक हप्तापछि फर्किने

२०८० भाद्र ९, शनिबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन् । उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए ।

यादव भारत भ्रमणमा रहेका बेला जसपाको कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार