काठमाडाैं : क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित भनिएकी किशोरी ‘गौशाला २६’ले आत्महत्याको प्रयास गरेकी छन्।
उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ।
जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्।
प्रहरी स्रोतका अनुसार उनले चिकित्सकले दिएकै औषधि बढी सेवन गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।





