उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा  सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

२०८० भाद्र १०, आईतवार

काठमाडौँ : उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय परिषद्को आइतबारको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । न्याय परिषद्ले उनको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन् । उनी करिब ३ वर्ष सर्वोच्चको न्यायाधीश बन्नेछन् ।

यस्तै आइतबारकै परिषद् बैठकले बाल अदालत गठनका लागि उपयुक्त हुने भन्दै कानुन मन्त्रालयलाई राय प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार