गाई काटेको अभियोगमा तीन जना पक्राउ

२०८० भाद्र ११, सोमबार

तनहुँ : तनहुँमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगी काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार