एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै

२०८० भाद्र ११, सोमबार

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान जाँदै छन् ।

काठमाडौं जिल्ला अदालतमा उनी विरुद्धको मुद्दा विचाराधीन रहेकाले अन्तिम सुनुवाइ कुरेर बसेका सन्दीप आज बिहान १०ः २० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।

सन्दीपको अर्को पेशी भने भदौ २१ गतेका लागि तोकिएको छ । सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । सन्दीप कतार एयरवेजको उडानमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तान उत्रनेछन् ।

एसिया कपमा नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार