नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको अध्यक्षमा आरती लामा

२०८० भाद्र ११, सोमबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीनिकटको विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्व आएको छ। काठमाडौंमा गरिएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामाको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन गरेको हो।

यसैगरी महासचिवको जिम्मेवारी महेश श्रेष्ठले पाएका छन्। अनेरास्ववियुमा लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो।

अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनबाट बिदा लिएका छन्। एमाले विभाजनपछि पराजुलीको नेतृत्वमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन बनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार