काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ११ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ६५ रूपैयाँ कायम भएको छ ।





